वकिलको घरमा चोरी गरेको आरोपमा नाबालक पक्राउ

वकिलको घरमा चोरी गरेको आरोपमा नाबालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 3.5K
    Shares

हिरासतमा बालक

 सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ खोर्केलाइनस्थित अधिवक्ता नन्दबहादुर भण्डारीको घरबाट रु १० लाख ५० हजार चोरेको आरोपमा प्रहरीले एक नाबालकलाई पक्राउ गरेको छ।

घरमा कोही नभएको अवस्थामा पछाडिको ढोकाबाट भित्र पसेर दराजको साँचो खोली रु १० लाख ५० हजार चोरी गरेको भन्दै अधिबक्ता भण्डारीले ती बालककाबिरुद्ध किटानी जाहेरी दिएपछि ती बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।प्रहरीले ती नाबालकको नाम गोप्य राखेको छ ।

ती बालकबिरुद्ध १० लाख ५० हजार रुपियाँ चोरी गरेको आरोप लगाइए पनि उनको साथबाट रु एक लाख २० हजार मात्र बरामद भएको प्रहरी नायब उपरीक्षक रवि रावलले  जानकारी दिए।  सो चोरीमा उनका अन्य साथीहरुको पनि संलग्नता रहेको आशंका प्रहरीले गरेको छ।

प्रतिक्रिया