बिद्रोही ने.क.पा.को नाममा कैलालीमा दुई थान भरुवा बन्दुक लुटपाट, बिद्रोही ने.क.पा.द्वारा आरोप अस्वीकार

बिद्रोही ने.क.पा.को नाममा कैलालीमा दुई थान भरुवा बन्दुक लुटपाट, बिद्रोही ने.क.पा.द्वारा आरोप अस्वीकार


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 3.2K
    Shares

भरुवा बन्दुक

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नाम दिएर शनिबार राती कैलालीबाट दुई थान भरुवा बन्दुक लुटिएको छ।

 कैलालीको कैलारी गाउँपालिका वडा न.३ बर्कामुडा निवासी राम भरोस चौधरीको घरबाट शनिबार राती दुई थान भरुवा बन्दुक लुटिएको हो।  मुखमा नकाब लगाएका ५/६ जनाको समुहले आफ़ो घरबाट बन्दुक लुटी लगेको पिडित राम भरोस चौधरीले जानकारी दिए।  बन्दुक लुट्न आएका नकाबधारीहरुले आफुहरु बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता भएको बताएको पनि उनले जिकिर गरे।

यसैबीच बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कैलालीले सो लुटपाटको घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पस्ट पारेको छ।  ने.क.पा. कैलाली सेक्रेटरी करनले एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त घटनामा आफ्नो पार्टीको संलग्नता बारे अस्वीकार गरेका हुन्।

उनले सो विज्ञप्तिमार्फत पार्टी वि’रुद्ध अनावश्यक भ्रम फैलाएको भन्दै आ’पत्ति जनाएका छन्।

विज्ञप्तिमा हतियार लुटपाट जस्ताे संवेदनशील विषयमा पार्टीको नाम जाेडी बदनाम गर्न खाेजिएकाे भन्दै पार्टीवि’रुद्ध अनावश्यक प्रचार नगर्न चेतावनी दिइएकाे छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस्ता खाले गैर लुटपाटमा हाम्रो पार्टी संलग्न नरहेको र यस्ता ह’ति’यार कब्जा गर्ने पार्टीको कुनै निति नरहेको कुरामा प्रष्ट पार्नुका साथै पार्टीको नाम जोडेर बदनाम गरि पार्टीका वि’रुद्ध भ्र’म छर्ने लु’ट’पाट गि’रोहको भ्र’ममा नपर्न आम जनसमुदायमा अपिल गरिन्छ । र हाम्रो महान तथा गौरवशाली पार्टीलाई बदनामी गर्ने लु’ट’पाट स’मुहको खोज अनुसन्धान गरि आवश्यक का’रवाही गर्ने विषय यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराइन्छ’ ।

प्रतिक्रिया