इटालीको एकचौथाइ जनसंख्या कोरोनाबाट प्रभावित : सेना प्रमुख पनि संक्रमित

इटालीको एकचौथाइ जनसंख्या कोरोनाबाट प्रभावित : सेना प्रमुख पनि संक्रमित


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ फाल्गुन २०७६
  • 5.8K
    Shares

सल्वाटोरे फरिना

पछिल्लो तथ्याङ्कसँगै गत डिसेम्बर महिनामा प्रकोप देखा परेको देश चीनबाहिर सबैभन्दा धेरै सङ्क्रमित फेला परेको देश इटली बनेको छ। कोरनाभाइरसको संक्रमणका कारण इटालीको एक चौथाइ जनसंख्यालाई प्रभावित पारेको छ।

नयाँ क्वारन्टीनका कडा नियमले इटलीको एक चौथाइ जनसङ्ख्या र देशको अर्थतन्त्रमा ठूलो योगदान दिने उत्तरी भागको केन्द्र पनि प्रभावित बनेका छन्।

बिबिसीका अनुसार योसँगै इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय ६६ पुगेको छ। कोरोनाभाइरसको संक्रमणबाट इटालीमा एकैदिन एकसय ३३ जनाको मृत्यु भएको इटालीले जनाएको छ। त्यहाँ नयाँ संक्रमितको संख्या पनि २५ प्रतिशतले बढेको छ। यो संख्या सातहजार तीन सय ७५ बाट पांच हजार आठसय ८३ मा पुगेको त्यहाँको नागरिक सुरक्षा निकायले जनाएको छ।
इटलीमा पछिल्लो पटक सङ्क्रमण पुष्टि भएकाहरूमा सेना प्रमुख पनि छन्। सल्वाटोरे फरिनाले आफू ‘एकान्तमा बसिरहेको र स्वस्थ महसुस गरिरहेको’ बताए।

इटालीका प्रधानमन्त्री जुजेपे कोन्टेले कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै देशभरका स्कूल, कलेज, जिमखाना, म्यूजियम, नाइट क्लब लगायतका सार्वजनिक स्थलहरू बन्द गर्ने घोषणा गरिसकेका छन्।

प्रतिक्रिया