पत्रकार बीरेन्द्र साहका हत्या आरोपी कुन्दन फौजदार १२ वर्षपछी पक्राउ

पत्रकार बीरेन्द्र साहका हत्या आरोपी कुन्दन फौजदार १२ वर्षपछी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ फाल्गुन २०७६
  • 5.6K
    Shares

पत्रकार बिरेन्द्र साह र कुन्दन फौजदार

पत्रकार वीरेन्द्र साह हत्याका आरोपी कुन्दन फौजदारलाई प्रहरीले चार राउन्ड हवाई फायर गरेर १२ वर्ष पछि शनिबार राति २ बजे उनकै घरबाट पक्राउ गरेको छ ।

बारागढी गाउँपालिका- ६ गडहल  निवासी फौजदार लगायतले एभिन्यूज टेलिभिजनमा कार्यरत साहलाई २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी  टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेको थिए ।

जिल्ला अदालत बाराले जन्मकैदको फैसला समेत सुनाएका फरार प्रतिवादी ४५ वर्षीय कुन्दन फौजदार भनिने नरेन्द्र फौजदार होली मनाउनको लागि घरमा आएको बेला प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ।

पत्रकार शाहको हत्या पश्चात प्रहरीले बारा इनरुवा सिरहाका म्यानेजर गिरी र खापबा ८ का रामइकवाल सहनीलाई पक्राउ गरेको थियो। दुबै जना जन्मकैदको फैसलामा कारागार जीवन बिताइरहेका छन्।

बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार,  पत्रकार हत्याका मुख्य आरोपी फौजदारमाथि एक दर्जनभन्दा बढी कर्तव्य ज्यान, डाका, लागुऔषध लगायतका मुद्धा पनि रहेको प्रहरीले जनाएको छ।

पत्रकार शाहको २०६४ असोज १८ मा पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थियो। अपहरणको ३५ दिनपछि उनको शव डुमरबाना गाविस ९ मा पर्ने चारकोसे जंगलमा गाडिएको अवस्थामा कात्तिक २३ गते फेला परेको थियो।

प्रतिक्रिया