साउदी अरबको राजनीतिमा महत्त्वपूर्ण भूमिका खेलिरहेका राजपरिवारका प्रभावशाली तीन सदस्य पक्राउ

साउदी अरबको राजनीतिमा महत्त्वपूर्ण भूमिका खेलिरहेका राजपरिवारका प्रभावशाली तीन सदस्य पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ फाल्गुन २०७६
  • 4.3K
    Shares

साउदी राज परिवार सदस्यहरु

साउदी अरबको राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका राजपरिवारका तीन वरिष्ठतम सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्वराजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ छन् ।

तीनै जनालाई शुक्रबार हिरासतमा लिइएको हो । उनीहरूलाई किन गिरफ्तार गरियो भन्नेबारे केही खुलाइएको छैन ।

राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका उनीहरुको भूमिकाप्रति वर्तमान साउदी राजकुमार मोहम्मद बिन सलमानलाई मन परेको थिएन । आफ्नो यात्रामा बाधक भएको निष्कर्षका साथ राजकुमारले उनीहरूलाई पक्राउ गर्ने आदेश दिएको विश्लेषण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन् ।

सन् २०१६ मा आफ्ना बाबुले राजकुमारमा नियुक्त गरेयता मोहम्मद बिन सलमानले विरोधीमाथि तह लगाउने नीति अख्तियार गर्दै आएका छन् ।

तीन राजकुमारलगायत व्यक्ति यसअघि नै उनको यस्तै सोचको शिकार बनिसकेका छन् । प्रिन्स सुल्तान बिन तुर्की, प्रिन्स तुर्की बिन बान्दर र प्रिन्स साउद बिन सैफलाई उनले नियन्त्रणमा लिएर बेपत्ता नै बनाएका थिए ।

सन् २०१७ मा त उनले साउदी राजपरिवारका सदस्यसँगै मन्त्री तथा व्यवसायीहरूलाई रियादको एक होटलमा बन्धक नै बनाएका थिए । साउदीको राजनीतिमा षड्यन्त्र र जालझेल चुलिएका बेला थप ३ व्यक्ति पक्राउ परेपछि चासाेका साथ हेरिएकाे छ ।

प्रतिक्रिया