अष्ट्रेलियन धर्मगुरु गोन्दुक रिम्पोछेलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

अष्ट्रेलियन धर्मगुरु गोन्दुक रिम्पोछेलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ फाल्गुन २०७६
  • 3.2K
    Shares

गोन्दुक रिम्पोछे

१५ वर्षीय किशोरमाथी यौन दुराचार गरेको अभियोगमा पक्राउ परेका काठमाण्डौको बाैद्ध (आरुबारी)स्थित कदम्बा गुम्बाका सञ्चालक अष्ट्रेलियन नागरिक गोन्दुक रिम्पोछेलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । महानगरीय प्रहरी वृत्त बाैद्धको हिरासतमा रहेका रिम्पोछेलाई शुक्रबार काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अभियोगमाथी अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको हो ।

तीन वर्ष अघिदेखि गुम्बा सञ्चालक रहेका योउ की युइन बाैद्ध धर्मगुरुका रुपमा गोन्दुक रिम्पोछेबाट चिनिएका थिए। अष्ट्रेलिया मेलबर्न घर भएका उनी गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित कदम्बा बुद्धिस्ट प्रतिष्ठानका प्रमुख हुन्।

यौन दुराचार पीडित किशोरलाई उनी धर्मगुरु  गोन्दुक रिम्पोछेले नै संखुवासभाबाट शिक्षादीक्षाका लागि काठमाडौं ल्याएका थिए। उनले पछिल्लो २० दिन यता किशोरमाथी यौन शोषणा गर्दै आएको पनि खुलेको छ। बारम्बार पीडित बनाएपछि किशोर चिनजानका मानिस मार्फत बुधबार प्रहरीमा पुगेका थिए।

प्रतिक्रिया