प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. राजीव सुब्बाले राजीनामा दिए

प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. राजीव सुब्बाले राजीनामा दिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 8.1K
    Shares

डीआइजी डा. राजीव सुब्बा

नेपाल प्रहरीका प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा. राजीव सुब्बाले राजीनामा दिएका छन् । चार वर्षदेखि प्राविधिकतर्फ डीआइजीकाे पदमा रहेर काम गर्दै आएका उनले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसमक्ष शुक्रबार राजीनामा बुझाएका हुन् ।

शुक्रबार राजीनामा दिए पनि उनको राजीनामा भने गृहमन्त्रालयले स्वीकृत गरिनसकेकाे बुझिएकाे छ। डीआईजी सुब्बाले घरायसी कारणले राजीनामा दिएको बताइए पनि आफूभन्दा जुनियरलाई बढुवा गरिएकोमा आपत्ति जनाउदै उनले राजिनामा दिएको प्रहरीवृत्तमा चर्चा छ।

त्यसो त प्रहरी संगठनमा प्राविधिक इञ्जिनियरतर्फ डीआईजीभन्दा माथिल्लो पद नभएकाले आफु डिआइजी भन्दा ठुलो पदमा जान सक्ने अबस्था नदेखेपछि सुब्बाले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयभित्र चर्चा भएको छ ।

डीआईजी बढुवाअनुसार हालका प्रहरी महानिरीक्षक ज्ञवाली, एआईजी सिफारिस भएकाहरु, प्रहरी अस्पतालकी एआईजी आशा सिंहभन्दा उनी सिनियर अधिकृत हुन् ।

सञ्चार तथा सूचना प्रविधि विषयमा विद्यावारिधि गरेका  सुब्बाले २०५२ भदौमा प्रहरी निरीक्षकबाट सेवा थालेका थिए । पछिल्लो समय उनी प्रहरीको सञ्चार निर्देशनालय प्रमुख थिए । डीआईजीका रुपमा उनको अझै एक वर्ष सेवा अवधि बाँकी थियो । एआईजीको दरबन्दी सिर्जना भएको भए उनले थप ५ वर्ष प्रहरीमा सेवा गर्न पाउने थिए ।

प्रतिक्रिया