मालपोत कार्यालय लेखनाथ, कास्कीका नायब सुब्बा दिपक सुवेदीले सेवाग्राहीको नाममा दर्ता रहेको जग्गा रोक्का गर्नेकार्य सहजिकरण गरिदिने भन्दै घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको छ ।
जग्गा रोक्का गर्ने कार्य सहजिकरण गरिदिने भनी विभिन्न बहानामा घुस रिसवत माग भन्ने व्यहोराको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले दिपक सुवेदीलाई पक्राउ परेको अख्तियारले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सुबेदीले तीन हजार रकम लिइसकेको अबस्थामा निजकै कार्यालय परिसरबाट रंगेहात नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले सोही कार्यलयबाट केही समय पहिले १२ हजार घूस रकम सहित खरिदार प्रकाश पौडेललाई समेत पक्राउ गरेको थियो ।