बैद्य माओवादी समर्थित बिद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष र उपाध्यक्ष गिरफ्तार, चन्दा ऐन अन्तर्गत मुद्दा दर्ता

बैद्य माओवादी समर्थित बिद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष र उपाध्यक्ष गिरफ्तार, चन्दा ऐन अन्तर्गत मुद्दा दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 6.3K
    Shares

हरिकृष्ण गजुरेल

मोहन बैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को भात्री संगठन अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई  प्रहरीले गिरफ्तार गरेको छ।

उनीहरुलाई प्रहरीले संगठनको विद्यार्थी जागरण तथा संगठन विस्तारको अभियानमा सहभागी हुने क्रममा तीन दिन अघि किड्स बुढानिलकण्ठबाट गिरफ्तार गरिएको संगठनका महासचिव पेशल दाहालले जानकारी दिए।

यता प्रहरीले उनीहरुलाई चन्दा ऐन अन्तर्गत कारवाही अघि बढाएको छ।  संगठनको विद्यार्थी जागरण तथा संगठन विस्तार अभियान अन्तर्गत लिपुलेक, लिम्पियाधुरा र कालापानी सम्मिलित नेपालको नक्शा भित्तामा राख्नका लागि अनुरोध गर्न र रास्ट्रघाती एमसीसी सम्झौता बारे सचेतना वृद्धि गर्ने उद्देश्यका साथ् त्यस  विद्यालयमा पुगेको बेला प्रहरीले गिरफ्तार गरेर झुट्ठा मुद्दा लगाइएकोमा महासचिव दा हालले आपत्ति जनाए । उनले झुट्ठा मुद्दा खारेज गरी अविलम्व रिहा गर्न पनि जोडदार माग गरे । महासचिब दाहालले गिरफ्तार नेताको रिहाइको माग गर्दै आव्हान गरिएको आम शैक्षीक हड्ताल स्थगित गरिएको जानकारी दिंदै अन्य संघर्षका कार्यक्रम जारी रहेको जानकारी दिए।

यसैबीच बिभिन्न चार बिद्यार्थी संगठनहरुले एक संयुक्त प्रेस बिज्ञप्ति प्रकाशित गरी बिद्यार्थी आन्दोलनलाई नै कमजोर बनाउने उद्देश्यका साथ बिद्यार्थी नेतालाई गिरफ्तार गरी झुट्ठा मुद्दा लगाइएकोमा आपत्ति जनाउदै तुरुन्त रिहाइको माग गरेका छन्।  यसरी माग गर्नेहरुमा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समर्थित अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जिबी ढकाल, संघिय समाजवादी पार्टीको भात्री संगठन संघिय समाजवादी बिद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, मोहन बैद्य’किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) समर्थित अनेरास्ववियु (क्र्रान्तिकारे)का महासचिब पेशल दाहाल र अखिल नेपाल बिद्यार्थी युनियनका केन्द्रिय सचिबालय सदस्य सन्देश भट्टराई रहेका छन्।

प्रतिक्रिया