अरु त अरु नै भए, कानुन कार्यान्बयन गर्ने गृह मन्त्रालयकै अधिकृत दलितलाई छुवाछुतको ब्यबहार गर्दै भेदभाव र दुर्व्यवहार गर्छन भने यो देशमा कानुन कार्यान्बयनको अवस्था कस्तो छ भन्ने कुरा प्रस्ट हुन्छ।
दलित भएकै कारण आफूमाथि भेदभाव तथा दुर्व्यवहार गरिएको भन्दै त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत दीपा नेपालीले गृह मन्त्रालयअन्तर्गतको सीमा प्रशासन कार्यालय दोलखा लामाबगरमा कार्यरत शाखा अधिकृत श्रीकृष्ण बिडारीबिरुद्ध उजुरी दर्ता गर्न खोजिन। तर प्रहरीले आनाकानी गरेपछि भनसुन पश्चात मात्रै अन्तमा बिहिबार महानगरीय प्रहरी वृत्त बालाजुले उजुरी दर्ता गर्यो। जातीय भेदभाव कसुरमा बिडारी, उनकी श्रीमती राधिका, सोही घरमा डेरा गरी बस्ने जनक ढुंगाना र उनकी श्रीमती सन्तोषीविरुद्ध उजुरी दर्ता गरिएको हो।
तीन दिनदेखि जाहेरी लिएर प्रहरी कार्यालय पुगेपनि ृह मन्त्रालयका कर्मचारी भएकै कारण बिडारीविरुद्ध उजुरी लिन प्रहरीले आनाकानी गरेको दीपाले गुनासो गरिन्। ‘
तीन भाइबहिनीसहित काठमाण्डौको तारकेश्वर नगरपालिका–१० नेपालटारस्थित श्रीकृष्ण बिडारीको घरमा गत मंसिर १३ गतेदेखि भाडामा बस्दै आएकी घोडाघोडी नगरपालिका–४ कैलालीकी २८ वर्षीया दीपाले प्रहरीमा उजुरी दिएकी हुन्। दलित भएको थाहा पाएपछि घरबेटीले आफूहरूलाई डेरा छाड्न निरन्तर दबाब दिएको र दुर्व्यवहारसमेत गरेको दीपाको उजुरीमा उल्लेख छ ।
तारकेश्वर नगरपालिका–१० नेपालटारस्थित बिडारीको घरमा गत मंसिर १३ गतेदेखि भाडामा बस्दै आएकी घोडाघोडी नगरपालिका–४ की २८ वर्षीया दीपाले प्रहरीमा उजुरी दिएकी हुन्। बिडारी गृह मन्त्रालयअन्तर्गतको सीमा प्रशासन कार्यालय दोलखा लामाबगरमा कार्यरत शाखा अधिकृत हुन्।
उजुरी दर्ता गर्दा त अटेर गरेको प्रहरीले निश्पक्ष छानबिन गर्नेमा पिडित नेपालीको आशंका छ। उनले अघि भनिन, “डीएसपी सा’पले अलि बुझेरमात्रै जाहेरी दर्ता गर्नुपर्छ भनेर आलटाल गर्दै उजुरी त दर्ता गराउनुभयो, निष्पक्ष छानबिन गरेर पीडकमाथि कारबाही हुन्छ भन्नेमा अझै आशंका छ।’
बिडारीले जातका आधारमा आफूले विद्यार्थीहरूलाई कोठा छाड्न दबाब नदिएको दाबी गरे। ‘पदीय हिसाबले पनि मैले जातभातका आधारमा पक्षपात गर्न मिल्दैन,’ उनले भने, ‘पानीको विवादलाई लिएर जातीय पक्षपातको आरोप लगाइयो।’
घरमा पानी सुकेपछि ट्यांकरको पानी हालेको र त्यसको शुल्क कोठामा बस्नेले दामासाहीले तिर्नुपर्छ भन्दा (फागुन ४ गतेबाट) विवाद सुरु भएको दाबी उनको छ। ‘म दोलखा नै थिएँ, श्रीमतीले ट्यांकरको पानी ल्याइछन्, त्यसको पैसा लाग्छ भन्दा दलितहरूलाई हेप्नी भनेर विभिन्न निकायमा उजुरी गर्न हिँडेछन्,’ उनले भने।
एकै घरमा बस्नेबीच झगडा हुन थालेपछि आफू घर खाली गर्ने निर्णयमा पुगेको उनले सुनाए। पीडित दलित विद्यार्थीले भने घरबाटै निकाल्ने उद्देश्यले पानी बन्द गराएर दुःख दिने नियत राखिएको दाबी गरे। बिडारीले ३५ दिनभित्र घर खाली गर्न सूचना नै टाँस गरेका छन्।
महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी रञ्जितसिंह राठौरले घटनाबारे छानबिन गरी कारबाही थाल्ने बताए।