अहेवको परीक्षामा उत्तीर्ण गराउने प्रलोभन देखाई रकम लिएको आरोप लागेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका तात्कालिन प्रमुख डा तारानाथ पौडेललाई बिशेष अदालतले दोषी ठहर गर्दै काराबास तथा जरिवाना सजाय तोकेको छ।
एक लाख रुपैयाँ घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका डा तारानाथ पौडेललाई विशेष अदालतले दोषी ठहर गर्दै जरिवाना र कैद सजाय तोकेको हो ।
विशेष अदालतका न्यायाधीशद्धय बालेन्द्र रुपाखेती र शान्तिसिंह थापा सम्मिलित संयुक्त इजालासले बुधबार डा. पौडेललाई दोषी ठहर गर्दै एक लाख रुपैयाँ जरिवाना र ४ महिना कैद फैसला सुनाएको छ।
डा पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्षको मंसिर १६ गने एक लाख घुस सहित पोखरा महानगरपालिका–१० बुद्धचोकबाट पक्राउ गरेको थियो।
११ औं तहका डा पौडेलले लोकसेवा आयोगमा जागिर लगाइदिन्छु भनेर घुस लिएको आरोपमा अख्तियारले विशेषमा मुद्दा दायार गरेको थियो।