कोराना संक्रमणको आशंकामा काठमाण्डौको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार ४ जना नयाँ बिरामी भर्ना हुँदा नेपाल भ्रमण गरेर स्पेन फर्किएका एक स्पेनिस नागरिकको कोरोनाभाइरसकै कारण मृत्यु भएको समाचार सार्वजनिक भएको छ।
स्पेनको म्याड्रिडस्थित नेपाली दूतावासले सो व्यक्तिको विवरण खोज्ने भएको छ।
डेली मेलले बुधबार नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनिस नागरिकको कोरोनाभाइरसको कारण मृत्यु भएको समाचार लेखेको छ। भालेन्सिया अस्पतालका स्वास्थ्यकर्मीले गत फेब्रुअरी १३ मा मृत्यु भएका ती व्यक्तिको मृत्युको कारण कोरोनाभाइरस रहेको पुष्टि गरेका हुन्।
यसैबीच, कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार ४ जना भर्ना भएका छन् । भर्ना हुनेमा कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक छन् ।