बेलायती सांसदलाई भारतद्वारा विमानस्थलबाटै देश निकाला

बेलायती सांसदलाई भारतद्वारा विमानस्थलबाटै देश निकाला


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ फाल्गुन २०७६
  • 3.7K
    Shares

डेबी अब्राहम

कश्मीरबाट धारा ३७० हटाउने भारत सरकारको निर्णयको चर्को आलोचना गर्दै आएकी  बेलायतकी महिला सांसद डेबी अब्राहमलाई भारतले दिल्ली एयरपोर्टबाटै देश निकाला गरेको छ ।

निजी भ्रमणका शिलशिलामा सोमबार दिल्ली आएकी बेलायतकी लेबर पार्टीकी संसद सदस्य डेबी अब्राहमलाई दिल्ली विमानस्थलबाटै प्रवेश आज्ञा नदिई बेलायत नै फर्काएको हो ।

कश्मीरबाट धारा ३७० हटाउने भारत सरकारको निर्णयको चर्को आलोचना गर्दै आएकी अब्राहमलाई विमानस्थलमा रोकेसँगै भारतले उनको भिसा समेत रद्द गरिदिएको बीबीसीले जनाएको छ । सांसद अब्राहम कश्मीर सम्बन्धी बेलायती संसदीय समितिका अध्यक्ष पनि हुन् ।

उनी सोमबार एमिरेट्स फ्लाइटबाट दिल्ली एयरपोर्टमा आइपुगेपछि एयरपोर्टका अधिकारीहरूले उनको भिसा चेकजाँच गरेका थिए । त्यसलगत्तै उनको भिसा अस्वीकार गरिएको थियो । उनको भिसा रद्दको कारणबारे केही पनि खुलाईएको छैन ।

प्रतिक्रिया