कञ्चनपुरमा उच्च अदालतकी न्यायधीसको गाडीमा एक्कासी आगो लागेको छ। उच्च अदालत दीपायल, महेन्द्रनगर इजलासकी मुख्य न्यायधीस शारङगा सुवेदीको बा १ झ ८८६३ नम्बरको गाडीमा सोमवार आगलागी भएको हो।
भीमदत्त नगरपालिका वडा नम्वर ३ स्थित बिपिन पेट्रोल पम्प नजिकै गुडिरहेको अवस्थामा एक्कासी आगो लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक सुरज कार्कीले जानकारी दिए. ।
आगलागीबाट गाडीको भित्री भागमा क्षति भएको प्रहरीले जनाएको छ। गाडीमा भएको सो आगलागीलाई भीमदत्त नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ।