गाउँपालिका अध्यक्ष आठ लाख र इन्जिनियर साढे दुई लाख घुस सहित पक्राउ

गाउँपालिका अध्यक्ष आठ लाख र इन्जिनियर साढे दुई लाख घुस सहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ११ माघ २०७६
  • 5.2K
    Shares

कृष्ण बहादुर केसी, अध्यक्ष, जुनीचाँदे गाउँपालिक

८ लाख रुपैयाँ घुससहित जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई सुर्खेतबाट पक्राउ गरेकै साँझ शुक्रबार सिन्धुलीको घ्याङलेख गाउँपालिकामा कार्यरत इन्जीनियर दिलिपकुमार शाह २ लाख २६ हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुशन्धान आयोग बर्दिबासले उपभोक्ता समितिसँग घुस लिएको अभियोमा इन्जीनियर  शाहलाई शुक्रबार साँझ  पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुशन्धान आयोग बर्दिबासका डिएसपी मधुकुमार थापाका अनुसार, शाहलाई अख्तियार टोलीले कमलामाई नगरपालिका – ६ को श्रेष्ठ होटलबाट उपभोक्ता समितिसँग २ लाख २६ हजारको नगद र चेकसमेत लिँदै गर्दा पक्राउ गरेको हो।

तीन महिनाअघि नै विद्युतको निर्माण कार्य सम्पन्न गरी उपभोक्ता समितिले घरघरमा बत्ती बालिसके पनि इन्जीनियरले स्टमेट बनाउन नमान्दा बिल भुक्तानीमा ढिलाइ भएको थियो । मागेजति पैसा नदिएसम्म बिल भुक्तानीका लागि स्टमेट बनउन नमानेपछि इन्जीनियरसँग आजित उपभोक्ताले अख्तियारमा उजुरी दिएका थिए।

प्रतिक्रिया