न्यायाधिश घिमिरेको अङ्गरक्षकको हतियार लिएर भाग्ने यादव पक्राउ

न्यायाधिश घिमिरेको अङ्गरक्षकको हतियार लिएर भाग्ने यादव पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ पुष २०७६
  • 4.6K
    Shares

सिवेन्द्र यादव

उच्च अदालत जनकपुरधामकी न्यायाधीश सकुन्तला घिमिरेको अंगरक्षक रनिता केवटको हतियार लिएर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । अंगरक्षक रनिता केवटले बोक्दै आएको सात राउण्ड गोली लोड गरिएको चाइनिज पेस्तोल लिएर भागेका केवटका प्रेमी सिवेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो।

यादवलाई जनकपुरधाम उप–महानगरपालिका १५ स्थित रामपुर भन्ने ठाउँबाट हतियारसहित नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिए।  सिवेन्द्रले लिएर भागेको हतियार एक गोठमा झोलामा राखेर लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ। पक्राउ परेका सिवेन्द्रविरुद्व प्रहरीको हतियार लुटेको सन्दर्भमा मुद्दा चलाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

आफ्नी प्रेमिका केवटलाई भेट्न जनकपुर पुगेका यादवले केवटको कोठामा एक जना प्रहरी जवानलाई देखेपछि दुबैबीच विवाद भएको थियो । यो विवादकै क्रममा यादवले केवटले बोक्दै आएको पेस्तोल लिएर गत पुस १ गते फरार भएका थिए ।

हतियार हराएपछि प्रहरीले केवटलाई पुस १ गते नै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्दै उनीमाथि विभागीय कार्वाहीको तयारी समेत गरेको छ ।

प्रतिक्रिया