रुसी सैन्य विमान वेपत्ता भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार विमानमा ९१ जना सवार थिए । सोचीबाट उडेको टीयू-१५४ विमान काला सागरमाथि पुगेलगत्तै राडरबाट सम्पर्क विच्छेद भएको छ ।
विमान उडेको २० मिनेटमा नै वेपत्ता भएको हो । यो विमान सिरियाका लागि उडेको भनिए पनि औपचारिक पुष्टि हुन सकेको छैन । विमानको खोजी कार्य जारी छ ।