जनताको प्रत्येक आशमा घात भयो सरकार
आँसु धारा मुछिएको ~ भात भयो सरकार ।
चुला चुला ग्याँसको पाइप~ हावाबाट बत्ति,
कहिले आउँछ?सबै झुटा बात भयो सरकार ।
शान्ति सुरक्षा कडा पार्छौँ भन्थ्यौ भासणमा,
अपराधीको झन ठूलो जमात भयो सरकार ।
एकता र समानताको जति बयान गरेपनी,
किन अझै ठूलो सानो~जात भयो सरकार।
सोच्यौँ देश समृद्धिको उज्यालोमा जानेभयो,
बादलुले ढाक्यो दिउँसै~ रात भयो सरकार।
नबिना खनाल गौतम
पोखरा लामाचौर