प्रभुत्ववादी भारतको नेतृत्वमा मोदीको पुनरागमन र निर्विकल्प निरन्तर संघर्ष : ऋषि कट्टेल

प्रभुत्ववादी भारतको नेतृत्वमा मोदीको पुनरागमन र निर्विकल्प निरन्तर संघर्ष : ऋषि कट्टेल


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १२ जेष्ठ २०७६
  • 8.7K
    Shares

भारतीय चुनाव
भारतको निर्वाचनको परिणाम आएको छ । मोदीले फेरी पाँच वर्ष सत्ताको वागडोर समाल्ने भएकाछन । १९४७ पछी पहिलो पटक भारतीय काँग्रैसले लगातार दुई चुनाव हा¥यो । तर काँग्रेसनै अहिले पनि प्रमुख प्रतिपक्षमा छ । केजरीवालहरु पत्तासाफ भए । वर्जुवा कित्ताका केही क्षेत्रीय दलहरुको अवस्थापनि खासै उत्साहजनक देखिएन । सबैभन्दा कन्तविजोग त भारतीय कम्युनिष्ट पार्टीको भयो ।

नेपालको राजनीतिक वजारपनि निकै तातेको देखिन्छ । हाम्रा मिडियाका मित्रहरु पनि पथमिकताका साथ भारतीय निर्वाचनको परिणाम र यसले नेपाललाई पार्ने असरवारे वहस गराई रहेका छन । मोहन विक्रमले त ५ वटा खतरा नै देखे । हिन्दुवादी वा राजावादीहरु उत्साहित छन भनेर वजार हल्ला पनि चलाईएको छ । धर्मनिरपेक्षता र गणतन्त्र खतरामा प¥यो पनि भनिन्छ । यी सबै आआफ्ना डम्फु सिवाय केही हैन । हिन्दुवादी वा राजावादीहरुको यसो सास धान्ने मेलो सिवाय अरु केही हैन ।

मोदी ले आफ्नै देशलाई त हिन्दुराज्य बनाएको छैन, मात्र हैन बनाउने प्रयाससम्म पनि गरेको छैन । राममन्दिर वारे त चुप छ । मोदीको हिन्दुवाद भोटको व्यापार सिवाय अरु केही हैन । मुसलमानहरु विजेपीको टिकटवाट चुनाव जितेका छन । जाहाँसम्म राजतन्त्रको कुरा छ, गणतन्त्र देशको प्रधानमन्त्रीले राजतन्त्र ल्याइदेला भन्नु सोम शर्माको सातुको कल्पना मात्र हो ।

जाहासम्म मोहन विक्रमको विश्लेषणको प्रश्न छ, उनी क्रान्तिकारी आवरणमा यथास्थितिवादको पक्षपोषण गर्ने माक्र्सवादी विश्लेषक हुन । अहिले ओलीको सरकारलाई मसालले समर्थन गरेको छ । मोदी आयो गणतन्त्रमाथि खतरा छ । त्यसैले संघर्ष गर्न हुदैन ओलीलाई समर्थन गर्नु पर्दछ भन्ने भित्री आसय यसमा अन्तर निहित देखिन्छ ।

साचो कुरा केहा भने काँग्रेस वा विजेपी दुवै भारतीय प्रभुत्ववादका प्रतिनिधी हुन । नेपालको सिमा अतिक्रमण, प्राकृतिक श्रोतसाधनको लुट, असमान सन्धि-संझौताहरु गराउने, व्यापार र पारवाहनको सुविधासम्म पनि नदिने, देशको आन्तरिक मामलामा हस्तक्षेप गर्ने जस्ता अनेकन प्रभुत्ववादी हर्कत यिनीहरुले गरिरहेकाछन ।

झण्डै ७३ वर्षको इतिहाँसमा दुई कार्यकाल विजेपी र आधा कार्यकाल जनतादलले शासन गरेको वाहेक सवै समय काँग्रेसले शासन गरेको छ । नेपालमाथि भएको यी यावत थिचोमिचोको नाइके काँग्रेस हो र विजेपिले पनि त्यही कुरालाई निरन्तरता दिएको छ । त्यसकारण भारतीय प्रभुत्ववादी शासकहरु फेरिदैमा उसको प्रभुत्ववादी चरित्र फेरिने वाला छैन । उनीहरु आफ्नो स्वार्थ अनुकुल पात्र र प्रवृत्तिहरुलाई उचाल्ने गर्दछन । नेपाली जनता आफ्नो स्वाधिनताको रक्षा गर्न भारतीय प्रभुत्ववादी सत्तासंग निरन्तर संघर्ष गरिरहेका छन । भोली पनि संघर्षको विकल्प छैन ।

प्रतिक्रिया