पोखरा विमानस्थलमा अल्ट्राफ्लाईटको जाईरोकोप्टर दुर्घटना

पोखरा विमानस्थलमा अल्ट्राफ्लाईटको जाईरोकोप्टर दुर्घटना


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २४ बैशाख २०७६
  • 3.8K
    Shares

पोखरा विमानस्थलमा अल्ट्राफ्लाईटको जाईरोकोप्टर दुर्घटना भएको छ । दिउँसो करिब २ बजे साईट सिन गरेर फर्केर ल्याण्ड गर्ने क्रममा धावन मार्गबाट चिप्लेर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थलका निर्देशक भोलाप्रसाद गुरागाईले बताए ।

जाईरोकोप्टरमा पाईटल फ्रेन्च नागरिक क्याप्टन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए । दुर्घटनामा परेका पाईटल र पर्यटक सकुशल रहेको र जाईरोकोप्टरमा क्षति पुगेको गुरागाईले जानकारी दिएका छन् । दुर्घटना पश्चात विमानस्थल भने सामान्य अवस्थामा चलिरहेको छ ।

प्रतिक्रिया