एपीएफका दिपेश नयाँ राष्ट्रिय च्याम्पियन

एपीएफका दिपेश नयाँ राष्ट्रिय च्याम्पियन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ७ बैशाख २०७६
  • 5.1K
    Shares

आठौं अन्तर्गत भएको ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी नयाँ च्याम्पियन बन्दै नयाँ ईतिहास रचेका हुन् ।

दाङको घोराहीस्थित कभर्डहलमा भएको उपाधी भिडन्तमा दिपेशले रत्नलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजित गरे । विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व बनाएका रत्नजित एपिएफका दीपेश धामीसँग फाइनलमा निरिह नै देखिए ।

२०६९ सालमा काठमाडौमा भएको ३६औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नंम्बर एक खेलाडी बिकास श्रेष्ठलाई पराजित गर्दै नम्बर एक भएका रत्नले त्यस पश्चात ब्याडमिन्टनमा एकछत्र राज गरेका थिए ।

तर बेला बेला उनलाई दिपेश धामी र प्रिन्स दाहालले चुनौती दिंदै आएका थिए । यसै प्रतियोगिता अन्तरगत पनि पुरुष टिम ईभेन्ट्सको पुरुष एकलको सेमिफाईनलमा प्रिन्सले हराएर सनसनी मच्चाएका थिए ।

दिपेशले यस अघि रत्नजितलाई अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा पनि पराजित गरिसकेका थिए ।

प्रतिक्रिया