युद्ध लड्न माओवादीलाई डिएसपी रावलको धम्की !

युद्ध लड्न माओवादीलाई डिएसपी रावलको धम्की !


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ फाल्गुन २०७२
  • 11.1K
    Shares

जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी ध्रुवराज रावलले आफुहरुलार्इ युद्ध लड्न धम्की दिएको आरोप नेकपा माओवादीले लगाएको छ । भित्तेलेखनका क्रममा आफुहरुमाथि हस्तक्षेप गर्दै डिएसपी रावलले यस्तो धम्की दिएको नेकपा माओवादीका डोल्पा जिल्ला समिति सदस्य कर्ण बुढाले बताए ।

डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर बुढाको निर्देशनमा गत फागुन १५ गते अपरान्ह प्रहरीले दुइ जना माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिएर केही घण्टापछि छोडेकोे थियो । आफु र सहकर्मी सागर बुढालाई नियन्त्रणमा लिएर धम्क्याउदै डिएसपी रावलले माओवादीसंग युद्ध लड्न आएको भन्दै धम्की दिएको उनको आरोप छ ।

यसैबीच  डिएसपी रावलले भने धम्की दिएको भन्ने कुरालाई अस्वीकार गरेका छन् । उनले आफ्नो स्पष्टोक्ति दिदै टेलिफोनमा अघि भने, ‘मैले संसदीय व्यवस्थाको विरुद्धमा नलेख्न मात्रै आग्रह गरेको हुँ । युद्धका लागि लड्न कसैलाई धम्की दिएको छैन । यो आरोप मात्र होे, त्यो कुरा मेरो मात्रै क्षेत्राधिकार भित्र पनि पर्दैन ।’

यता नेकपा माओवादीका भेरी उपब्युरो ईञ्चार्ज कृष्ण धमला ‘गम्भीर’ ले भने प्रहरीले बिना कारण आफ्ना कार्यकर्तालाई दु:ख दिएको भन्दै कडा आपत्ति जनाएका छन । उनले भने, ‘ भित्तेलेखनकै क्रममा डोल्पा जिल्ला सेक्रेटरी राजेश बुढालाई समेत प्रहरीले शुक्रबार नियन्त्रणमा लिएर दु:ख दिने प्रयास गरेको छ, यसको हामी घोर भत्र्सना गर्दछौं । यस्तो हस्तक्षेपमुखी कार्य सरकारले तत्काल बन्द गर्नु पर्दछ ।’

प्रतिक्रिया