प्रशान्त महासागर केन्द्रविन्दु भएर बिहीबार राति शक्तिशाली भूकम्प गएको छ । नेपाली समय अनुसार राति साढे १२ बजे गएको ७ रेक्टर स्केलको भूकम्पको धक्का मध्य अमेरिकी देश एल साल्भाडोर निकारागुवामा महसुस गरिएको थियो ।
अमेरिकी भूगर्भ विभागले प्रशान्त महासागरको मध्य अमेरिकी तट केन्द्रविन्दु भएर भूकम्प गएको जनाएको छ । सुरुमा ७ दशमलव २ रेक्टरको भनिएकोमा पछि ७ रेक्टर सकेल भनिएको थियो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । चेतावनीसँगै एल साल्भाडोरको प्रशान्त महासागरको तटीय क्षेत्रमा रहेका बस्ती खाली गरिएको छ ।
भूकम्पलगत्तै जारी गरिएको चेतावनीमा भूकम्पको केन्द्रविन्दुबाट तीन सय किलोमिटर परसम्म सुनामीका खतरनाक छाल आउने उल्लेख गरिएको थियो । पछि यो चेतावनी फिर्ता लिइयो । एल साल्भाडोर सरकारले भने सुनामीको चेतावनी कायम राखेको छ