खडेरिका कारण विद्यालय बन्द

खडेरिका कारण विद्यालय बन्द


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ मंसिर २०७३
  • 7.4K
    Shares

बोलिभियामा खडेरिका कारण विद्यालय बन्द भएका छन् । बोलिभियामा लामो समयदेखिको खडेरीका कारण तीन राज्यमा निर्धारित समय भन्दा दुई हप्ताअघि नै शैक्षिक सत्र अन्त्य गरिएको बिबिसीले जनाएको छ ।

खडेरीका कारण बोलिभियामा खानेपानीको पनि अभाव भएको छ । तीन राज्यका एक लाख २५ हजार भन्दा धेरै परिवार प्रभावित भएका छन् । केही गाउँका बासिन्दाले तीन दिनको एकपटक मात्रै पानी थाप्न पाउने गरेका छन् । राष्ट्रपति एभो मारालेसले सोमबार राष्ट्रिय आपतकालिन अवस्थाको घोषणा गर्नुभएको थियो ।

खडेरी प्रभावित क्षेत्रका बासिन्दालाई शौचालय जान तथा लुगा धुन समस्या भएको छ । खडेरी तथा पानीको समस्या समाधानका लागि केही समयअघि वाटर क्याविनेट बनाइएको थियो ।

वाटर क्याविनेटले ट्यांकर मार्फत पानी वितरण सुरु गरेको छ । खडेरीका कारण सबै भन्दा बढी ला पाज शहर प्रभावित भएको छ । त्यहाँ झण्डै एक महिनादेखि पानीको हाहाकार भएको छ ।

प्रतिक्रिया