चीनको उत्तरी प्रान्त साङ्जीमा ५६ वटा गाडी एकैठाउँमा दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । ३७ जना घाइते भएका छन् ।
बरफ जमेको सडक भएका हुँदा ती गाडी दुर्घटना भएका हुन् । दुर्घटना सोमबार बिहान भएको हो । घाइतेहरुको उपचारपछि अवस्था स्थिर रहेको चीनियाँ सञ्चार माध्यमले जनाएका छन् ।