काबुलको एक मस्जिदमा आतंककारी आक्रमण, २७ मृत्यु

काबुलको एक मस्जिदमा आतंककारी आक्रमण, २७ मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ६ मंसिर २०७३
  • 9K
    Shares

अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सिया मुसलमान समूदायको मस्जिदमा सोमबार भएको आक्रमणमा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ ।

एक घार्मिक समारोहका लागि जम्मा भएका व्यक्तिहरुलाई लक्ष्यगरी गरिएको आक्रमणमा परी २७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

धार्मिक समारोहमा प्रार्थना गर्न बसेका भक्तजनबीच आत्मघाती आक्रमणकारी पसेर गराएको विस्फोटमा परी २७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३५ जना घाइते भएका वरिष्ठ प्रहरी अधिकारी फ्रिडोन ओबाइदीले बताए ।

अफगानिस्तानको राजधानी काबुलको पश्चिमी भागमा रहेको बाकिरुल ओलुम मस्जिदलाई हाल सुरक्षाकर्मीले घेरा लगाएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

प्रतिक्रिया