रोनाल्डाको प्लेन अवतरणका क्रममा बार्सिलोनामा दुर्घटना, पाइलटलाई सामान्य चोट

रोनाल्डाको प्लेन अवतरणका क्रममा बार्सिलोनामा दुर्घटना, पाइलटलाई सामान्य चोट


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ असोज २०७३
  • 12.2K
    Shares

क्रिष्टियानो रोनाल्डाको प्राइभेट जेट प्लेन

क्रिष्टियानो रोनाल्डाको प्राइभेट जेट प्लेन अवतरणका क्रममा बार्सिलोनामा दुर्घटनामा परेको छ । दुर्घटनाको समयमा विमानमा रियल मड्रिड तथा पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डो भने थिएनन् । १५ मिलियन पाउण्डको जेट प्लेनमा इएल प्राट विमानस्थलमा दुर्घटना भएको हो ।

समाचारमा जनाइए अनुसार सोमबार अवतरणका क्रममा ल्याडिङ गियरमा समस्या आएको थियो । दुर्घटनामा प्लेनका पाइलटलाई सामान्य चोट लागेको छ । तर, कसैको अवस्था पनि गम्भीर छैन ।

प्लेन दुर्घटना भएको बेलामा रोनाल्डो भने जर्मनीमा बोरुसिया डर्टमुन्डसँग च्याम्पियन्स लिग खेदिरहेका थिए । जुन खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया