रकमको अभाबमा श्रीमतीको शब् बोकेरै १२ किमी यात्रा

रकमको अभाबमा श्रीमतीको शब् बोकेरै १२ किमी यात्रा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १४ भाद्र २०७३
  • 17.9K
    Shares

टि.बि रोगले जिबनको अन्तिम अबस्थामा पुगेको आफ्नी श्रीमती अमांग बाच्लिनकि भन्ने झिनो आस लिएर सदरमुकाम देखि ६० किलोमिटर टाढा दुरदराजको ईलाकामा बस्ने आदिबासी दाना माझिले भवानी पटनाको अस्पतालमा भर्ना गराएका थिए । उपचार गर्दागर्दै श्रीमतीको मृत्यु भयो । अस्पतालको कर्मचारीहरुले लास अस्पतालबाट हटाउने आदेस दिए ।

आफ्नो जातीय परम्परा अनुसार लास सदगत गराउन गाउँ लैजानु पर्ने भयो । साथमा पैसाको अभाव । आफु संग आमाको हेरविचार गर्न आएकी १२ बर्षकी छोरी भन्दा अरु कोहि छैन । सबै समस्या सुनाएर लासलाई गाउँ सम्म पुर्याउन अस्पताल प्रशासन साधन ब्यबस्था गरि पाउँ भन्दै याचना गरे ।

गरिबको सुन्ने को हुन्छ र । मद्धत गर्नुको साटो अस्पतालका कर्मचारीहरुले लास छिटो अस्पतालबाट हटाउनु भनेर निरन्तर दबाब दिन थाले पछी बाध्य भएर मरेकी श्रीमतीको लासलाई तन्नामा बेरेर रुँदै आँसु खसाल्दै बाउ छोरीले घरको बाटो तताए ।

यस्ता दृश्य देख्दा कसको मन नभक्कियेला ! बाबु दाना माझि पत्नीको लास उठाउदै छन भने भक्कानो छाड्दै छिन बिचरी १२ बर्षे छोरी ! तस्बिर साभार: बि.बि.सी हिन्दि डटकम बाट
यस्ता दृश्य देख्दा कसको मन नभक्कियेला ! बाबु दाना माझि पत्नीको लास उठाउदै छन भने भक्कानो छाड्दै छिन बिचरी १२ बर्षे छोरी ! तस्बिर साभार: बि.बि.सी हिन्दि डटकम बाट
गरिबलाई हेर्ने कोहि हुन्न ! पत्नीको लास काँधमा राखेर साथमा छोरी लिएर गाउँ फर्किदै छन दुखि दाना माझी तस्बिर साभार: बि.बि.सी हिन्दि डटकम बाट
गरिबलाई हेर्ने कोहि हुन्न ! पत्नीको लास काँधमा राखेर साथमा छोरी लिएर गाउँ फर्किदै छन दुखि दाना माझी तस्बिर साभार: बि.बि.सी हिन्दि डटकम बाट

नजिकबाट यो घटना हेरी रहेका उडिसा टेलिभिजनका पत्रकार अजित शिंहले तन्नामा लास बोकेको बाउ र रुँदै हिनेकी छोरीको मार्मिक तथा कारुणिक दृश्यलो लाईभ समाचार बनाएर प्रस्तुत गर्नासाथ हल्लीखल्ली मच्चियो । दाना माझीलाई तुरुन्त सवारी साधनको ब्यबस्था गर्नु भन्ने सरकारी आदेस प्राप्त भयो ।

दाना मांझीको ब्यथा सारा दुनिया माझ प्रस्तुत गर्दै ओटीवीका पत्रकार अजीत सिंह तस्बिर साभार: बि.बि.सी हिन्दि डटकमबाट
दाना मांझीको ब्यथा सारा दुनिया माझ प्रस्तुत गर्दै ओटीवीका पत्रकार अजीत सिंह तस्बिर साभार: बि.बि.सी हिन्दि डटकमबाट

बाउ दाना माझीको काँधमा मरेकी श्रीमतीको लास अनि १२ बर्षकी छोरीले जब १२ किलो मिटरको दुरी तय गरि सकेको थियो तब पछ्याउदै सरकारी एम्बुलेन्स आयो र लास सहित बाउ छोरीलाई गाउँमा पुर्याए ।

घटनाको न्यायिक जांच गर्न भनेर जिल्ला प्रशासनको अधिकारी आफै खटिए । गल्ति भो भन्दै सरकारले दाना माझीलाई रु १२ हजार क्षेतीपूर्ति पनि दियो ।

यो उडन्ते कथा हैन छिमेकी भारतको उडिसा राज्यमा पर्ने काला हांडी जिल्लाको दुरदराजको गाउँमा बस्ने आदिबासी दाना माझीको जीवनमा 25 अगस्त 2016 को दिनमा घटेको सत्य कथा हो ।

टि.बि. रोग निको नहुने असाध्य रोग हैन । समयमै उपचार पायो भने यो रोगबाट मुक्ति पाउन सकिन्छ । समयमै ओखती उपचार पाएको भए आदिबासी दाना माझीले श्रीमती गुमाउनु पर्दैन थियो ।

भारतको उडिसा राज्यको कालाहांडी जिल्ला समय समयमा चर्चामा आउने गर्दछ । केहि समय अगाडी भोकमरिको समस्याले ग्रस्त भएको यो जिल्लाले देस बिदेसमा राम्रै चर्चा बटुल्न सफल भएको थियो । त्यो समयमा कालाहाड़ीको जनताहरुले खान नपाएर आँपको कोयाको भित्रको गुदी सुकाएर कुटेर खाएका थिए । जब बि.बि.सी हिन्दि सेवाको पत्रकारले यो बिषयमा जोडदाररुपले लाईभ कास्ट गर्यो तब बाध्य भएर सरकारले १ रूप्पे किलोको चामल उपलब्ध गरायो । जनता भन्छन चामल त दियो तर के संग खाने ।

बिकास योजनाले नछोएको आदिबासी बहुल ईलाका कालाहांडीमा प्रकृति खुसि भएको बेला ‘धानको कचौरा’ समेत भनेर चिनिने गरिन्छ । जब प्रकृति रिसाएर पानि पार्न छोडछिन त्यस पछी कालाहांडीका जनताहरुको दुर्दिन सुरु हुन्छ ।

नेतागीरिमा भारतको नेताहरु संसारमै अब्बल छन । चुनावको समयमा भोट हालेन भने मतदाता परिचय पत्रबाट नाम गायब हुन्छ भनेर जनतालाई धम्क्याउछन । विकास निर्माण सहरमा केन्द्रित हुन्छ । दुर दराजमा बस्ने आदिबासी जनताहरुको वास्ता गर्दैनन भने अन्तिममा दखिने पात्रहरु आदिबासी दाना माझिहरुनै हैनन ।

नेपालमा मौलाएको माओबादी बिद्रोह साम्य भएको आज ९ बर्ष पुग्न लागि सक्यो तर भारतको बिहार, पश्चिम बङ्गाल, उडिसा, आन्ध्रप्रदेस जस्ता थुप्रै राज्यहरुमा अझै पनि बिद्रोहीहरु आफ्नै  राज्य बिरुद्ध गरिबी, अशिक्षा र असमानताको बिरुद्धमा लड्दै छन ।

जब जनता राज्यबाट उपेक्षित हुन्छ त्यसपछी विद्रोहको जन्म हुन्छ भन्ने कुरा बुझेर पनि बुझ पचाउने भारतले टेलिभिजन तथा सोसल मिडियामा भारतले भू उपग्रह उडायो । नयाँ नयाँ खोज आविष्कार गर्यो भन्दै बिकासको राग अलाप्दै छन । भारतका राजनेताहरुले छिमेकी देसहरुमा आफ्ना राजदुतहरु मार्फत विकासे खैरात बाँडेर आफ्नो देस सम्पन्न भएको परिचय दिन पछी हट्दैनन तर आफ्ना देसका नागरिक असख्य आदिबासी दाना माझिहरुको श्रीमती उपचारमा मृत्यु अंगाल्न बाध्य छन भने खोक्रो बिकासको नारा अलापेर आफु सम्पन्न भएको ढोंग रच्नुको के नै फाईदा भयो र ।

प्रतिक्रिया