राजनीतिमा स्थायी रुपको शत्रु र मित्र हुँदैन । काङ्ग्रेस ,एमाले,माअोवादी सबैले हतियार उठाए । सबैले जनताका साथ पाएकै हुन् ।वर्गीय र राष्ट्रिय दुवै रुपमा अात्मसमर्पण गर्नेका विरुद्धमा विद्रोह उठ्ने प्रचलन हिजो पनि थियो । सरकारमा बस्नेहरुले गल्ती गर्ने र समग्र कम्युनिष्टहरूका नाम जोडिएर वदनाम हुने प्रचलन अाज मौलाएका छन् ।
कम्युनिस्टहरूका दृष्टिमा खशीका टाउका देखाएर कुकुरका मासु बेच्ने सँसदीय व्यवस्थाले अब सबै राजनीतिज्ञ र वौद्धिकहरुलाई निर्धक्कसँग बोल्न र नबोले पनि गम्भीरतापूर्वक सुन्नपर्ने अवस्था सिर्जना गरेको छ ।
मुलुक र जनताका अाजका जटिल अवस्था र अव्यवस्थाले समग्र कम्युनिस्टहरूलाई नै जटिल अवस्थामा पुर्याएको छ ।अोली,प्रचण्डलाई मात्रै कम्युनिस्ट देख्नेहरुले अहिले पनि प्रतिपक्ष र विद्रोही शक्तिप्रति सदाशयता राख्दैनन् । समाज अार्थिक रुपले वर्गीय छ । बहुजातीय,वहुभाषिक,वहुसाँस्कृतिक,वहुधार्मिक देश हो यो । अर्धसामन्ती र नवअौपनिवेसिक सत्ता चरित्र जनवादी क्रान्तिपूरा भएको देख्न थालेको छ ।एेतिहासिक भौतिकवादी विश्व दृष्टिकोणबाट नेपाली समाजलाई हेर्न नसकी गतिहीन जडता र अतीतमोही अाँखाले हेर्ने चलनबाट बढ्दै गरेको सामाजिक अन्तरविरोधका जड राज्यपक्ष हुनु हुन्नथ्यो ।
दलाल,नोकरशाही पुँजीवादलाई दरो बनाउने गरि अाउने सरकारका नीति,योजना,कार्यक्रम र वित्तीय गतिविधिले सुन्दर भविष्यलाई सङ्केत नगर्ने निश्चित हो ।
श्रमजीवी वर्ग,वेरोजगार,अर्धबेरोजगारका पीडाप्रति दृष्टि दिनु छ ।पहुँच वालालाई न्याय र नहुुनेलाई अन्याय राम्रो मानिन्न ।हिजो हतियार,जनमुक्ति सेना अादि राज्यलाई बुझाउन हतार गर्नेहरु अाज सत्तामा छन्।हिजोदेखिनै देशका लागि लड्दै अाएका किसान,मजदुरहरुलाई जिल्लाराम पारेर अहिले मजदुरलाई हडतालसम्म गर्न नपाउने रअन्यलाई सभा जुलुस गर्नसम्म नदिन निषेधित क्षेत्रहरु तोक्ने कार्य सँसदवादी व्यवस्थामा पाच्य मानिन्न ।
कम्युनिस्ट अावरणको दुईतिहाइ वहुमतका सरकार छ ।तरपनि शिक्षा,स्वास्थ्य ,सामाजिक न्याय ,जनजीविका,राष्ट्रियता लगायतका समस्याहरु हल हुँदैनन् । लोकतान्त्रिक धार र क्रान्तिकारी गरि दुई धारका कम्युनिष्टहरू देशमा छन् ।उद्देश्यप्रति को इमानदार र जनता ,राष्ट्रप्रति सेवा गर्ने विधि कसका के पनि बुझ्यो समाजले ।अाफ्ना सेना नभए हुन्न पनि बुझ्यो समाजले ।नातागोता, मुठीभरवाहेकलाई परिवर्तनका सामान्य अनुभुतिसम्म हुन नसकेको सरकारका अाठ-नौ महिने कार्यकाल समग्रमा राम्रो रहेन ।लम्पसारवादीहरु नीतिगत रुपमा भ्रष्ट देखिनु नौलो मानिन्न र पनि एनजिअो, अाइएनजिअो सँगका लगनगाँठा परिणाम सुन्दर नहुने मान्दामान्दै पनि सहिदहरुका मर्मलाई बुझ्लान् मान्थे धेरैले ।
दुई तिहाइ बहुमतका सरकारलाई राम्रो काम गर्न कसले रोकेको छ ?वर्तमान राजनीतिक परिवेश र जनताका सवालमा वाधक बन्यो को ?सङ्घीयता र पहिचानका कुरा गर्नेले वर्गका कुरा किन सुन्दैन ? दीर्घकालीन जनयुद्धका कार्यदिशा सार्वभौम छैन भन्नेहरु पनि देशमा छन् । अर्ध सामन्ती ,अर्धअौपनिवेसिक , विस्तारवादका चङ्गुलबाट मुक्त हुन नसकेका नेपाल जस्ता देशका बर्ग अान्दोलन चरित्रमा साम्राज्य वादी र विस्तारवादी निर्देशन र नियन्त्रण किन देखिन्छ ? अावश्यक परे बल प्रयोगका सिद्धान्त क्रान्तिका लागि अावश्यक छ ।वर्गविभेद रहुन्जेल वर्ग अानदोलन कतै रोकिन्न ।
सामन्ती र उपभोक्तावादी सँस्कृतिका निरन्तरता पुरानै सत्ता सँरक्षक दलाल,नोकरशाहहरुका विशेषता नै हुन् ।सामन्तवाद ,साम्राज्यवाद र विस्तारवादी गठबन्धनको दलाल तथा नोकरशाही पुजीवादी परनिर्देशित राज्यसत्ता रुपान्तरण विरोधी हुनु स्वभाविक छ । अहिले भयो त्यस्तै । भूमण्डलीकरण र उदारीकरणका नाममा प्राकृतिक र मानवीय स्रोतसाधनका साम्राज्यवादी प्रभुत्वकरण अाजको देशविरोधी अर्को पक्ष हो । जनविश्वासमाथि घात नहोस् ।महङ्गी,हत्या हिँसा,वेथिति ,उतीडन र यावत विकृतिका विरुद्धमा जनता उभिने छन् ।नयाँ समय नयाँकै लागि अान्दोलित छ ।पुरानाप्रतिका मोह भत्कने क्रम परिवर्तित समय कै उपहार मानिन्छ पनि ।