चितवनको आरआर दाना उद्योगमा तालावन्दी

चितवनको आरआर दाना उद्योगमा तालावन्दी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ असोज २०७५
  • 7.6K
    Shares

चितवन । सरकारले बढाएको न्यूनतम स्केल अनुसार तलव वृद्धिको माग गर्दै मजदुरहरुले चितवनको आरआर दाना उद्योगमा तालावन्दी गरेका छन् । अखिल नेपाल औद्योगिक मजदुर संघको आह्वानमा भरतपुर महानगरपालिका वडा नम्बर १४ मा अवस्थित दाना उद्योगमा असोज १९ गतेदेखि तालावन्दी गरिएको हो ।

२०७५ साउन १ गतेबाट सरकारले बढाएको न्यूनतम ज्याला पाउनुपर्नेमा उद्योग व्यवस्थापनले दिने तयारी नगरेकाले तालावन्दी गरिएको मजदुर संघका सचिव शिवराज सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया