आफ्नो छोरालाई बर्षौदेखि पिँजडामा थुनेर राखेका एक जापानी पुरुष पक्राउ परेका छन् ।
छोरालाई फलामको सिक्रीले बाँधेर २० बर्षदेखि पिँजडामा थुनेका ७३ बर्षीय वुद्ध योसिताने यामासाकीलाई प्रहरीले पक्राउ गरेको हो ।
छोरा आक्रामक देखिएपछि तह लगाउन बाँधेर राखेको ती बाबुले बताएका छन् ।
यातामासाकीले छोरालाई घरबाट केही टाढा एक मिटर अग्लो मुस्किलले दुई मिटर फराकिलो पिँजडाभित्र थुनेर राखेका थिए ।
बर्षौसम्म सानो पिँजडामा बस्दा छोरा कुप्री परेको जापानी अधिकारीहरुले बताएका छन् ।
उनको पश्चिम जापानको सामाजिक कल्याणकारी केन्द्रमा उपचार भईरहेको छ ।
सरकारी सेवानिवृत्त यामासाकीले मानसिक विरामी छोरालाई १६ बर्षको उमेरदेदेखि नै पिँजडामा राखेका थिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।