तिन दिने छैठौं भूलभूला मेला हुदैँ !

तिन दिने छैठौं भूलभूला मेला हुदैँ !


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १२ चैत्र २०७४
  • 35.3K
    Shares

पोखरा लेखनाथ महानगरपालिका ३३, पुंंडिटार स्थित भूलभूला देवि मन्दिर संरक्षण समितिले तिन दिने छैठौं भूलभूला मेलाको आयोजना गरेको छ । बिगत ६ बर्षदेखी संगठित सस्थाको रुपमा रहेर नयाँ बर्षको अवसर पारी उक्त समितिले मेलाको आयोजना गर्दै आइरहेको छ  ।

पोखरा लेखनाथ महानगरपालिका ३३ ( साविक भरतपोखरी १ ) स्थित भूलभूला मन्दिर परिसरमा आयोजना गर्न लागिएको उक्त मेलामा भुलभुले बजारलाई व्यवस्थित बनाई पर्यटकीय क्षेत्रको रुपमा बिकशित बनाउन र लुकेका सस्कृतिको जगेर्ना गर्नका साथै त्यस क्षेत्रको संरक्षण सम्बर्धन गर्ने उद्देस्य सहित आयोजना गरिएको आयोजकले बताएको छ ।

यस्तै मेलामा खेलकुद, धार्मिक पुजाआचा, बिभिन्न सास्कृतिक कार्यक्रम राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको तर्फबाट लोकदोहोरी, हास्यव्यङ्गात्मक कार्यक्रमहरु संचालन हुने आयोजकको भनाई छ ।

नयाँ बर्षको अवसरमा आयोजना गरिने मेला यहि चैत्र २९ गतेदेखि बैशाख १ गते सम्म रहने छ । मेलाका आकर्शकहरुमा गाउ तथा वडा स्तरीय भलिवल प्रतियोगिता, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, बिभिन्न आदिवासी, जनजातिको परम्परागत नाच, स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको लोकदोहोरी र हास्यव्यङ्ग्य, भजनकृतन, पञ्चेबाजाका साथ बार्षिक भूलाभुला पुजा लगायतका कार्यक्रमहरु रहने आयोजकको भनाई छ ।

यस्तै कार्यक्रममा बिभिन्न स्टल तथा बिक्रि पसलहरु समेत रहने बताईएको छ ।

प्रतिक्रिया