लकिङ सिस्टम राख्न ट्यांकर चालक मानेनन् ,पेट्रोलियम पदार्थ ढुवानी बन्द

लकिङ सिस्टम राख्न ट्यांकर चालक मानेनन् ,पेट्रोलियम पदार्थ ढुवानी बन्द


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ चैत्र २०७४
  • 12.8K
    Shares

नेपाल आयल निगमले झापाको चारआली शाखा कार्यलयबाट ट्यांकर ट्रक सुरक्षात्मक प्रणाली(लकिङ सिस्टम) लागु गरेको छ । आज झापाको चारआलीमा कार्याक्रम गरेर सुरक्षा प्रणाली (लकिङ सिस्टम) लागु गरेको हो ।

नेपाल आयल निगमका कार्यनिर्देशक सुशिल भट्राई र भारत आयल निगमका एस.एस बोसले सयुक्त रुपमा विराटनगर को लागि पठाउन तयार राखेको मे १ ख २१७८ नम्बरको ट्याङ्करमा लकिङ लगाएका थिए । उक्त ट्याङकर झापाबाट विराटनर स्टक ट्रान्सफर गर्न जाने वीरेन्द्र गोइतले बताए ।
निगमले त पूर्वाचलका सबै ट्याङकरमा लकिङ सिस्टम जोड्न चाहेको थियो । तर चालकको असहयोगका कारण सफल हुन सकेन ।

नेपाल आयल निगमले सहमतिअनुसार काम नगरेको भन्दै पूर्वका ट्यांकर व्यवसायी र मजदुर आन्दोलित बनेका छन् ।

आजदेखि पेट्रोलियम पदार्थ ढुवानी बन्द गरेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । ट्यांकर मजदुरहरूको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनअन्तर्गतको ट्यांकर इकाइ कार्यालय चारआलीले नेपाल आयल निगमअन्र्तगतका पम्पहरूमा सम्पूर्ण ढुवानी बन्द गरेको जनाएको हो ।

विसं २०७३ माघ ५ गते भएको सहमतिअनुसार १२ बूँदे माग कार्यान्वयन नभएको र निगमले मनोमानी गरेको भन्दै ढुवानी सेवा बन्द गरेको ट्यांकर इकाइ कार्यालय चारआलीका अध्यक्ष तोकप्रसाद दुलालले बताए ।

आयल निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ मा ट्यांकर ट्रकमा सुरक्षाप्रणाली लागू गरिनुपर्ने व्यवस्था उल्लेख छ । तर, ढुवानी व्यवसायीले यो व्यवस्थालागू गरेपछि आयतन घटीबढीको सम्पूर्ण जिम्मा आयल निगमले लिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार