डा. गोविन्द केसीद्वारा सर्वोच्चको तारेख अस्वीकार, प्रधानन्यायाधिश पराजुलीविरुद्ध नारावाजी, १३ जना पक्राउ

डा. गोविन्द केसीद्वारा सर्वोच्चको तारेख अस्वीकार, प्रधानन्यायाधिश पराजुलीविरुद्ध नारावाजी, १३ जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ फाल्गुन २०७४
  • 7.1K
    Shares

डा. गोविन्द केसीले अदालतको अवहेलना मुद्दामा तारेख बोक्न अस्वीकार गरेका छन् । अवहेलना मुद्दाको तारेख मंगलबार तोकिएको थियो । तर, यो मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रत्यक्ष स्वार्थ गाँसिएको र उनको निर्देशनमा १० दिनभित्र सुनुवाई गर्नै पर्ने गरी पेशी तारेख थोपर्न खोजेको डा. केसीले बताए ।

मंगलबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘निज प्रधानन्यायाधीश पदमा बहाल रहँदासम्म उक्त मुद्दामा निश्पक्ष न्याय सम्पादन हुन नसक्ने भएको हुँदा निजको निर्देशन बमोजिम थोपर्न खोजिएको पेशी तारेख हामीलाई स्वीकार्य छैन ।’

डा. केसीले आफूविरुद्ध नेशनल मेडिकल कलेजका सञ्चालकले हालेको अदालतको अवहेलना मुद्दामा भने आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् ।साथै पराजुलीको नागरिकता रद्द गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

यसैबीच, प्रधानन्यायाधिश गोपाल पराजुलीविरुद्ध नारावाजी गर्ने १३ जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौं अगाडि प्रधानन्यायाधिशविरुद्ध नारावाजी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरु डा. गोविन्द केसीको समर्थक भएको बताइएको छ । केसीले प्रधानन्यायाधिको नागरिकता कीर्ते रहेको भन्दै छानबिनको माग गरेका थिए । महानगरीय प्रहरी वृत, सिंहदरबारका डिएसपी अपिल बोहोराले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गरे ।

 

प्रतिक्रिया