तनहुँमा टोयोटा गाडीले स्कुटरलाई ठक्कर दिँदा मन्दिरका पुजारीसहित दुई जनाको मृत्यु

तनहुँमा टोयोटा गाडीले स्कुटरलाई ठक्कर दिँदा मन्दिरका पुजारीसहित दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ चैत्र २०८२
  • 3.5K
    Shares

पोखरा , २९ चैत २०८२।

तनहुँको गाछेपनिमा भएको दुर्घटना

तनहुँको गाछेपानीमा शनिबार दिउसो भएको टोयोटा गाडी दुर्घटनामा पुजारीसहित दुई जनाको मृत्यु भएको छ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोटा गाडीले डिभाइडर नाघेर आफ्नै लेनबाट जाँदै गरेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई शनिबार दिउसो ठक्कर दिंदा स्कुटरमा सवार मुक्तिनाथ च्यवनधामका पुजारी गणेश खतिवडासहित दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्कुटर चालक गाछेपानीस्थित शुक्लागण्डकी च्वयनधामका पुजारी गणेश खतिवडा र पछाडि सवार सोही ठाउँका कृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी दिए । स्कुटर चालक खतिवडाको तनहुँ सेवा अस्पतालमा र भुजेलको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया