चीनले नेपालमा भएको सरकार परिर्वतनलाई आन्तरिक मामिला भन्दै दुई देशबीच भएका सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ । प्रधानमन्त्री प्रचण्डका विशेष दूत बनेर बेइजिङ पुगेका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेका छन् ।
भेटमा विशेष दूत महराले चीनसँग भएको सम्झौता र सहमतिलाई नयाँ सरकारले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
साथै उनले राष्ट्रपति विद्या भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङ र प्रधानमन्त्री प्रचण्डले आफ्नो समकक्षी ली खछ्याङलाई नेपाल भ्रमणका लागि पठाएको निम्तो पत्र हस्तान्तरण गरेका छन् ।
भेटमा चिनियाँ विदेशमन्त्रीले सरकार परिर्वतन नेपालको आन्तरिक मामिला भएको बताएका छन् । तर, उनले नेपालमा राजनीतिक शक्तिहरु देशमा शान्ति, स्थायित्व र विकासमा एकतावद्ध होउन् भन्ने चीनको चाहना भएको बताए ।
उनले भनेका छन्, दुई देशका नेताहरुबीच भएको सहमतिलाई अगाडि बढछ र अन्तरदेशीय पारवहन र उर्जाको क्षेत्रमा अझ बढी सहकार्य हुन्छ भन्ने चीनले आश गरेको छ ।’