जेलबाट भागेका ‘टिके’लाइ प्रहरीले गोली हानेर पक्राउ गर्यो

जेलबाट भागेका ‘टिके’लाइ प्रहरीले गोली हानेर पक्राउ गर्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ माघ २०७४
  • 8.1K
    Shares

डिल्लीबजार कारागारबाट भागेका कैदी टिके भनिने टिकाबहादुर थापा पक्राउ परेका छन् । पक्राउ गर्ने क्रममा प्रहरीमाथि गोली चलाएपछि जवाफी फायरिङ उनी आफैं घाइते भएका छन् । टिके र प्रहरी टोलीबीच चितवनको रामनगरस्थित पेट्रोल पम्प अगाडि गोली हानाहान भएको हो ।

चितवन प्रहरी प्रमुख दिपक थापाका अनुसार उनलाई दुई गोली लागेको छ । हात र तिघ्रामा गोली लागेका उनलाई स्थानीय अस्पतालमा समान्य उपचार गरेर काठमाडौंस्थित ट्रमा सेन्टरमा रिफर गरिएको छ ।

विभिन्न अपराधिक घटनामा संलग्न टिके ४ माघमा डिल्लीबजार कारागारबाट भागेका थिए । टिके मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले रामनगरमा चेकजाँच गरेको थियो ।

ना ४७ प ५०५२ नम्वरको मोटरसाइकलमा आएका दुई जना मध्ये पछाडि बस्ने थापाले प्रहरीमाथि फायर खोलेका थिए । जवाफी फायररिङ गर्दा उनको तिघ्रा र हातमा गोली लागेको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए ।

मोटरसाइकल चालक भने फरार छन् । उनको खोजी भइरहेको एसपी थापाले जानकारी दिए । घटनामा घाइते भएका टिकेलाई प्रहरीले भ्यानमा हालेर भरतपुर अस्पताल लगिएको थियो ।

प्रतिक्रिया