प्रदेश नं. ४ को मुख्यमन्त्रीमा एमालेका दुई नेता र माओवादी केन्द्रका नेता कोइरालाको दाबी, मुख्यमन्त्री मनै हुँ : किरण गुरुङ

प्रदेश नं. ४ को मुख्यमन्त्रीमा एमालेका दुई नेता र माओवादी केन्द्रका नेता कोइरालाको दाबी, मुख्यमन्त्री मनै हुँ : किरण गुरुङ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० पुष २०७४
  • 9K
    Shares

गुरुङहरुको वाहुल्यता रहेको प्रदेश नं. ४ मा मुख्यमन्त्री को भन्ने बारेमा चासोपूर्वक हेरिएकै बेला नेकपा एमालेका तर्फबाट दुई जना नेताले मुख्यमन्त्रीको दाबी गरेका छन् । प्रदेश नं. ४ को मुख्यमन्त्रीको रुपमा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य किरण गुरुङले आ-आफ्नो दाबी गरेका छन् भने नेकपा माओवादी केन्द्रका नेता दीपक कोइरालालेपनि मुख्यमन्त्री पदको दाबी गरिरहेका छन् ।
यसैबीच सांसद किरण गुरुङले प्रदेश ४ को मुख्यमन्त्री आफू हुने नै हुने दाबी गरेका छन्े । नौ पूजा म्हृिकी कोन्मे ९बांगे० पोखराले तमु जातिको ल्होछारल्होसार पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले प्रदेश नम्बर ४ को पहिलो मुख्यमन्त्री आफू नै भएको दाबी गरेका हुन् । मलाई पार्टी नेतृत्वले मुख्य मन्त्री बनाउने भनेकैले प्रदेश सभा सदस्यको उम्मेद्वार भएको हुँ ’उनले भने । आफू पार्टीको केन्द्रीय सचिव र किरण भन्दा बरिष्ठ भएकाले स्वतः आफू मुख्यमन्त्री बन्ने जिकिर गरे।कार्यक्रममा बोल्दै सांसद गुरुङले प्रदेश नम्बर ४ मा पर्यटन, आर्थिक र कृषिको धेरै सम्भावना भएकोले प्रदेश नम्बर ४ लाई देशकै नमूना प्रदेश बनाउन सकिने उल्लेख गरे ।

प्रतिक्रिया