भारतीय मिडियाले लेख्यो ‘चिनीयाँ आउट भारतीय इन’

भारतीय मिडियाले लेख्यो ‘चिनीयाँ आउट भारतीय इन’


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० कार्तिक २०७४
  • 18.6K
    Shares

१२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना चिनीयाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको भारतीय मिडियाहरुले लेखेका छन् ।

टाइम्स अफ इन्डियाले भारतको सरकारी कम्पनी एनएचपिसीलाई दिनको लागि चीनको गेजुवा ग्रुप अफ कर्पोरेसन (सिजिजिसी) लाई दिने समझदारी रद्ध गरेको दाबी गरेको छ ।

त्यहाँ लेखिएको समाचारमा सिजिजिसीलाई आउट गरेर भारतीय सरकारी कम्पनीलाई इन गराउने तयारी स्वरुप सम्झौता रद्ध पारिएको उल्लेख छ ।

त्यसबेला लाइसेन्स दिने र अहिलेके खारेजी दुवै निर्णयमा भारत र चीनबीच दक्षिण एसियामा को हाबी हुने भन्ने प्रतिस्पर्धा मुख्य कारक रहेको उक्त समाचारमा उल्लेख छ ।

प्रतिक्रिया