एक्स–रे गर्ने बहानामा एक १५ वर्षीया किशोरीमाथी यौन दुव्यबहार

एक्स–रे गर्ने बहानामा एक १५ वर्षीया किशोरीमाथी यौन दुव्यबहार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २२ कार्तिक २०७४
  • 10.2K
    Shares

एक्स–रे गर्ने बहानामा एक १५ वर्षीया किशोरीको संवेदनशील अङ्गमा हात लगाएको आरोपमा प्रहरीले धरान १० पुतलीलाइनस्थित डा. हरी शर्माको क्लिनिकमा कार्यरत शरणकुमार राईलाई पक्राउ गरेको छ । बन्द कोठमा नग्न बनाएर प्राविधिक राईले ढाडको समस्याको एक्स–रे गर्न केन्द्रित हुनुपर्नेमा संवेदनशील अङ्गमा पटकपटक हातपात गरी यौन दुव्र्यवहार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडलेले उजुरीका आधारमा राईलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएको बताए । प्रनाउ पौडेलले राईलाई जबरजस्ती करणीअन्तर्ग मुद्दा चलाउने तयारी भएको बताए ।

बन्द कोठामा नग्न पारेर यौन दुव्र्यवहार गरेको उजुरीमा उल्लेख छ । पीडित किशोरीका अनुसार एक्सरे कोठामा राईले आफ्नो आमालाई साथै पस्न नदिएपछि उनलाई मात्र लिएर भित्रबाट ढोका बन्द गरेका थिए ।

उनले भनिन्, ‘एक्सरे कक्षमा प्रवेश गरेपछि राईले सवै लुगा फुकाल्न भनेपछि ‘होला त नी’ भनेर लुगा फुकालेँ । तर राईले एक्सरे गर्नुको सट्टा छाति र यौनाङ्गमा हात राखे ।’ राईले दुव्र्यवहार गर्न थालेपछि आफू डरले चिच्याएको उनले बताइन् । पाँच मिनेटमा हुने एक्सरे आधा घण्टा समय लगाएपछि शंका लागेको आमाले बताइन् ।पीडित किशोरीले इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । साभार: ताजा अनलाइन खबर

प्रतिक्रिया