गठबन्धनले काङ्रेसलाई गुन लगाए प्रचण्ड

गठबन्धनले काङ्रेसलाई गुन लगाए प्रचण्ड


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १० कार्तिक २०७४
  • 7K
    Shares

१० कात्तिक, पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वाम गठबन्धनले कांग्रेसलाई गुन लगाएको बताएका छन् ।

पार्टी एकीकरण गर्ने गरी वाम दलहरुबीच भएको गठबन्धनले कांग्रेसलाई एकताबद्ध गरेर गुन लगाएको प्रचण्डले बताए ।गठबन्धनकै कारण फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार लगायत कांग्रेसमा प्रवेश गरेको उदाहरण दिदै प्रचण्ले कांग्रेसलाई वाम गठबन्धनबाट चित्त नदुखाउन सुझाव दिए ।

प्रचण्डले कार्यकर्ताहरुलाई गठबन्धनबाट उत्साहित भएर उम्मेदवारहरूलार्इ जिताउन इमान्दार भएर लाग्न अनुरोध गरेका छन् । सोही कार्यक्रममा प्रचण्डले गठबन्धनको सिट बाँडफाँटको काम ९० प्रतिशत सम्पन्न भएको भन्दै अाजै टुंगो लगाइने बताए ।

सिट बाँडफाँटका क्रममा ६०/४० भन्दा केही तलमाथि पनि हुनसक्ने भन्दै प्रचण्डले कार्यकर्ताहरूलार्इ चित्त बुझाउन अाग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार