बझाङ तल्कोट गाउँपालिका अध्यक्षको आक्रमणबाट विष्ट घाइते

बझाङ तल्कोट गाउँपालिका अध्यक्षको आक्रमणबाट विष्ट घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ असोज २०७४
  • 10.2K
    Shares

 बझाङ जिल्लाको तल्कोट गाउँपालिका अध्यक्ष लालबहादुर विष्टले कुट्दा एक जना गम्भीर घाइते भएका छन् । तल्कोट गाउँपालिकाका अध्यक्ष लालबहादुर विष्टले कुट्दा तल्कोट गाउँपालिका वडा नम्वर ७ का मनविर विष्ट गम्भिर घाइते भएका हुन् ।

नेकपा एमालेबाट तल्कोट गाउँपालिकाका बासिन्दाहरुले मतदान गरी विजयी भएका लालबहादुर बिष्टले दादागिरी शैलीमा घरमा नै गएर मनविर विष्टलाई कुटपिट गरी गम्भीर घाइते बनाएको पीडित परिवारले बताएका छन् । विजयी हाँसिल गरेपछि राजनीतिक पूर्वाग्राही भएर अध्यक्ष विष्टले गाउँभरी भोट अर्कालाई हालेको भन्दै त्रसित पार्ने गरेको गाउँलेहरुको भनाइ छ ।

गाउँपालिका अध्यक्ष रहेका विष्टले भोट अर्को दललाई हालेको भन्दै मनविर विष्टलाइ कुटपिट गरी गम्भीर घाइते बनाएको नेपाली कांग्रेसका पुर्व सभापती पृथ्वी बहादुर सिंहले बताए । उनले भने ‘घाइते विष्टको नाक र मुखबाट रगत बगिरहेको हुँदा जिल्ला अस्पताल बझाङले जिल्ला बाहिर रिफर गरिएको छ । पीडित मनविर विष्टका आफन्तले गाउँपालिकाका अध्यक्ष लालबहादुर विष्ट लगायत १५ जना विरुद्व जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग सम्बन्धि मुद्वा जाहेर गराएका छन् ।

यता तल्कोट गाउँपालिकाका अध्यक्ष विष्टले भने अघिल्लो दिन मनविर विष्ट नेतृत्वको टोलीले आफूलाई नै कुटपिट गरी घाइते बनाएको र आफ्ना केटाहरु गएर मनविर विष्टसँग झगडा हुँदा विष्ट घाइते भएको बताएका छन् ।

प्रतिक्रिया