लम्पसारवादी भन्नेहरुले नै राजनेताको उपाधि दिएः दाहाल

लम्पसारवादी भन्नेहरुले नै राजनेताको उपाधि दिएः दाहाल


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ भाद्र २०७४
  • 6.9K
    Shares

सिमरा। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई लम्पसारवादी भन्नैहरुले नै अहिले राजनेताको उपाधि दिएको बताएका छन्।  उनले आफूलाई लम्पसारवादीको संज्ञा दिने एमालेले आफ्नो दश महिने प्रधानमन्त्री कायपछि राजनेताको उपाधि दिएको बताए।

सोमबार सिमरामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री बन्दा लम्पसारवादी भन्ने एमाले दश महिनापछि  प्रधानमन्त्रीको पद नछोडनु भन्ने ठाउँमा आएको टिप्पणी गरेका हुन्।

‘ म प्रधानमन्त्री भएको बेला देशको विदेश नीति लड्खडाएको थियो, मधेस र पहाड एक आपसमा भिडर देश नै भीडन्तको स्थितिमा पुगेको थिए,’ दाहालले भने, ‘ मैले दश महिनामा जुन काम गरे, त्यस त्यसबाट एमालेका साथीहरु मलाई प्रधानमन्त्री नछोड्नुस् भन्ने ठाउँमा आइपुग्नु भयो।’

उनले  ठूला ठूला षड्यन्त्रलाई चिरेर स्थानीय  तहको चुनाव गराएपछि  आफूलाई लम्पसारवादी भन्नेहरुले नै राजनेताको उपाधि दिएको बताए।  उनले भने, ‘‘माओवादीकै नेतृत्वमा निजगढ बिमानस्थल बन्दैछ, फास्ट ट्रयाक बन्दैछ, हुलाकी मार्ग बन्दैछ’, प्रचण्डले भन्नुभयो, ‘७.५५ आर्थिक वृद्धि, मूल्य नियन्त्रण, विकास आयोजनाहरुमा तिब्रता, लोडसेडिङको अन्त्य जस्ता काम भएका छन्, यसलाई इतिहासले भुल्ने छैन ।’
राजपा केन्द्रीय सदस्य सहित ५०० जना प्रवेश
कार्यक्रममा राष्टिय जनता पार्टी (राजपा) परित्याग गरी केन्द्रीय सदस्य योगानन्द चौहानसहित ५०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्दै राजपाका केन्द्रीय सदस्य चौहानले ‘मधेशवादी दलले मधेशी जनताको भावनालाई किनबेच गरेको बताए।

उनले भने, ‘हामी मधेश र मधेशी जनताको अधिकारका लागि लाग्यौं । तर, नेताहरुले हाम्रो भावनाको व्यापार गरे, मधेशको मुक्तिका नाममा आफ्नो स्वार्थ पुरा गरे । हिमाल, पहाड, मधेश र जाति, जनजातिको अधिकार चाहने एक मात्र पार्टी भएकाले म माओवादीमा प्रवेश गरें ।’

प्रतिक्रिया
सम्बन्धित समाचार