१३ भदौ, काठमाडौं ।नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको एक साता हुन लाग्न पनि नेतृत्व चयन हुन सकेको छैन ।
सहमतिको प्रयास भन्दै लामो समय खर्चिएकोले नेतृत्व चयनमा ढिलाई भएको हो । सम्मेलन शुरु भएको एक हप्तामा बल्ल भोलि मतदान हुदैछ । सम्मेलन लम्बिँदा १० लाख थप खर्च भएको क्रान्तिकारीले जनाएको छ ।
सम्मेलनले ३३ पदाधिकारीसहित २४३ सदस्सीय कार्यसमिती चयन गर्दैछ । अध्यक्षमा अनिल शर्मा, रञ्जित तामाङ र मदन अर्यालले उम्मेदवार दर्ता गराएका छन । क्रान्तिकारीमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको हो । सम्मेलनमा दुई हजार १५ प्रतिनिधि सहभागी छन् ।