मुम्बइ। फिल्म खामोसियाँबाट बलिउडमा डेब्यू गरेकी सपना पब्बीले हालै निकै बोल्ड फोटोसुट गरेकी छिन् । उनले यो फोटोसुट एक म्यागजिनको लागि गरेकी हुन् । फोटोसुटमा उनी पारदर्शी बालो रंगको आउटफिटमा देखिएकी छिन् ।
कैयौं फरक फरक किसिमबाट उनले म्यागजिनको लागि फोटोसुट गराएकी छिन् । उनले फोटोहरु आफ्नो इन्सटाग्राममा शेयर गरेकी छिन् । सपनाले फिल्म खामोसियाँमा पनि निकै बोल्ड सिन दिएकी थिइन् । अहिलेसम्म एकमात्र फिल्ममा आएकी सपनाले धेरै टिभी शोहरुमा काम गरिसकेकी छिन् ।