सुखिलाल चौधरी / उदयपुर – अहिले साना उमेरका बालबालिकाहरुले आत्मा हत्या गर्ने संख्यामा वृद्धि भएको छ । मंगलबार चौदण्डीगढी नगरपालिका–६ बस्ने महेश भुजेलको ९ वर्षिय छोरा कङ्गन भुजेलले झुण्डिएर आत्मा हत्या गरेका छन् । उनले आफ्नै मावाली त्रियुगा नगरपालिका–९ रातमाटेको देवीलाल चौधरीको घरमा झुण्डिएर आत्मा हत्या गरेका छन् । बालक काली प्रा.वि. सिरुवानीमा कक्षा २ मा पढ्ने विद्यार्थी हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक देवीप्रसाद फागुका अनुसार बालक चन्चले स्वभावको रहेको र आमा बजार जान लाग्दा म पनि बजार जान्छु भनेका थिए तर आमाले फकाई फुल्याई गरेर घरमै छोडेर बजार गएका थिए, खेल्दा खेल्दै उनले आत्मा हत्या गरेछन् । प्रहरी निरीक्षक फागुले भने – ‘चन्चले स्वभावले हो कि बजार जान नपाएर हो, बालकले झुण्डिएर आत्मा हत्या गरेको देखिन्छ ।’
यसैगरी गत वर्ष त्रियुगा नगरपालिका–३ का रामजानकी मा.वि. मोतिगडामा कक्षा ९ मा पढ्ने अन्दाजी १५ वर्षका शिवकुमार चौधरी पनि झुण्डिएर आत्मा हत्या गरे । सोही वर्ष वर्ष नै बरुवा क्याम्पस गाईघाटमा कक्षा ११ मा अध्ययनरत हाल रौतामाई गाउँपालिका–२ का १५ वर्षिय स्रतिस्टा रास्कोटीले समेत आत्मा हत्या गरे ।उनीहरु सवै आत्मा हत्या गरेका हुन् । घटना एकै प्रकृतिका भए पनि तीन वटै घटना फरक हुन् । यी घटना एक अर्कामा तालमेल खाँदैनन् । किन झुन्डिएर, किन विष सेवन गरेर आत्महत्या गरे त ? कारण प्रहरीले खोज्दै होला । यद्दपी पछिल्लो समय स्कुले विद्यार्थीहरु विभिन्न कारणबाट आत्महत्या गर्ने प्रचलन बढ्न थालेको छ । विशेष गरी स्कुल र कलेका विद्यार्थीहरुले आत्महत्या गरेको समाचार धेरै आईरहेका छन् ।