काठमाडौं । संविधान संशोधनलाई राजनीति जीवन मरणको रुपमा लिएको राष्ट्रिय जनता पार्टी नेपाल विधेयक फेल भएपछि झन् अाक्रोसित भएको छ । उसले संसद छाड्ने निर्णय गर्न लागेको छ ।
स्रोतका अनुसार राजपाका २५ सांसदले भदौ ७ गते पर्सी संसद सदस्यबाट सामूहिक राजीनामा दिनेछन् । यसको निर्णय अाज बस्ने राजपाको अध्यक्ष मण्डल बैठकले गर्ने स्रोतको दाबी छ ।
जुन एजेण्डामा राजनीति गरेको त्यो नै फेल भएपछि संसदमा बस्नुको औचित्य नरहेको भन्दै राजपाका सांसद राजीनामा दिएर संसद छाड्ने निष्कर्षमा पुगेको बताइन्छ ।
यस्तै, राजपाले आगामी असोज २ गते हुने तेस्रो चरणको चुनावमा भाग नलिने घोषणा गरेको छ । मधेसका माग पूरा गर्ने अन्तिम विकल्प संविधान संशोधन विधेयक नै असफल भएको भन्दै माग पूरा नभएसम्म चुनाव बहिष्कार गर्ने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ ।