मंसिर १० गते संघ र प्रदेशको निर्वाचन एकै पटक गर्ने सरकारको निर्णय

मंसिर १० गते संघ र प्रदेशको निर्वाचन एकै पटक गर्ने सरकारको निर्णय


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ भाद्र २०७४
  • 6.2K
    Shares

काठमाडौं, ५ भदौ/सरकारले मंसिर १० गते एकै पटक संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मंसिर १० गते निर्वाचन गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए।

यसअघि निर्वाचन आयोग सँगको परामर्शपछि प्रमुख दलहरु संघ र प्रदेशको निर्वाचन एकसाथ गर्ने निष्कर्षमा पुगेका थिए। सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले अहिले १० गतेको मितिमा सहमति भएको बताए।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्वीकृत गरेको छ। त्यस्तै, भ्रमणका क्रममा उठाउने विषयहरु समेत तय गरेको बस्नेतले जानकरी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार