राष्ट्रपति भण्डारीको तलब बाढी पहिरोपीडितका लागि राहत कोषमा

राष्ट्रपति भण्डारीको तलब बाढी पहिरोपीडितका लागि राहत कोषमा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ भाद्र २०७४
  • 5.6K
    Shares

काठमाडौँ,  । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरोपीडितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी प्रदान गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार सोही कोषमा जम्मा हुने गरी राष्ट्रपतिका विज्ञहरुबाट सात दिनको, सचिव, स्वकीय सचिवसमेतबाट पाँच दिनको, सहसचिवहरु, स्वकीयसमेतबाट तीन दिनको, उपसचिव तथा शाखा अधिकृतहरु स्वकीयसमेतबाट दुई दिनको र सहायकस्तरका सबै कर्मचारीहरु स्वकीयसमेतबाट एक दिनको तलब उक्त कोषमा जम्मा गरिएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित समाचार