काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पूर्व केन्द्रीय सदस्य गगन खड्का ‘जीवन’लाई अज्ञात समूहले कुटपिट गरेको छ ।
नेकपा र नेताविरुद्ध विभिन्न संचार माध्यम मार्फत गाली-गलौचमा उत्रेका खड्कालाई बुधबार साँझ सोह्रखुट्टेस्थित काठडमाडौं गार्डेन हाउसमै कुटपिट गरिएको बताइएको छ ।
खड्काको टाउकोमा गम्भीर चोट लागेको छ । उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।